© २०२३
१४ असोज काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेरहद प्रस्तावले संगठनमा चर्को बहस सुरु गराएको छ। उमेरहद लागु भएमा निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारीले विदा हुने सम्भावना छ।
हाल सम्मेलनमा २८, ३० र ३२ वर्षे उमेरहदबारे छलफल जारी छ, जसमा बहुमतको आधारमा निर्णय गर्ने तयारी भइरहेको छ। उमेरहदको विषयमा नयाँ र पुराना नेताबीच गहिरो मतभेद देखिएको छ।
३२ वर्षे उमेरहद पारित भए, थोरै नेताहरू मात्र नेतृत्वको दाबी गर्न योग्य हुनेछन्। यस विषयमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल भए पनि उमेरहदको विषयमा ठोस सहमति नजुटेकोले थप बहस चलिरहेको छ।