© २०२३
१४ असोज काठमाडौँ । दसैँ, तिहार, र छठ पर्व मनाउन उपत्यकाबाट बाहिरिने यात्रुहरूले अग्रिम टिकट बुकिङको क्रम तीव्र बनाएका छन्। दुई दिनमा मात्रै २९ हजार ९५५ यात्रुले नयाँ बसपार्कबाट बसका लागि अग्रिम टिकट लिएका छन्।
सरकारले असोज १२ गतेदेखि लामो दूरीका बसका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन महासङ्घले विशेष तयारी गरेको छ।
काठमाडौँबाट सुदूरपश्चिम र पूर्वका विभिन्न स्थानका साथै पृथ्वी राजमार्गअन्तर्गतका शहरहरूमा जान चाहने यात्रुका लागि टिकट खुला गरिएको हो।