© २०२३
१४ असोज काठमाडौँ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद्को स्वेच्छाचारिता विरुद्ध निरन्तर संघर्ष गर्दै आएको जनाउँदै, आफ्नो विरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न लागिएको अवस्थामा पनि आफु पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।
सर्वोच्च अदालत प्रशासनले आजै अदालतको अवहेलनामा घिमिरेविरुद्ध मुद्दा दर्ता गर्न लागेको जानकारी सार्वजनिक भएसँगै, घिमिरेले आफ्नो पहिलो प्रतिक्रिया दिंदै भने, “म मुद्दा फेश गर्न तयार छु।” उनले न्यायपरिषद्को मनमानीविरुद्ध विगत एक वर्षदेखि संघर्ष गरिरहेको र अदालतमा बोलिएका विषयलाई मुद्दामा परिणत गर्न खोजिएको स्मरण गराए।
पब्लिक सवालसँगको कुराकानीमा घिमिरेले आफूलाई अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लागेको जानकारी प्राप्त भएको बताउँदै भने, “मलाई हालसम्म कुनै पत्र प्राप्त भएको छैन, तर म हरेक कानुनी प्रक्रिया सामना गर्न तयार छु।”