© २०२३
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छ। बैठकमा विपद्पछिको परिस्थिति लगायतका महत्त्वपूर्ण विषयहरूमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका कारण उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए।