© २०२३
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै, देशका विभिन्न भूभागमा भएका प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षति, त्यसप्रति पार्टीको धारणा, र यस घडीमा पार्टीले खेल्नुपर्ने आवश्यक भूमिकामा गहन छलफल भइरहेको छ।
साथै, नेताहरूको चीन भ्रमणको समीक्षा, पार्टीका हालका गतिविधिहरू, राष्ट्रिय भेलाको मूल्याङ्कन, आगामी स्थानीय तह उपनिर्वाचनको तयारी, र आगामी बैशाखमा हुने महाधिवेशन सम्बन्धी महत्त्वपूर्ण विषयहरू बैठकका प्रमुख एजेण्डामा रहेका छन्।