© २०२३
१३ असोज, काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकाले हालैको वर्षा र पहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। बाढी र पहिरोबाट भएको मानवीय क्षति रोक्न नगरपालिकाले विभिन्न सरकारी र गैरसरकारी निकायहरूको सहयोगमा प्रयास गरे पनि पूर्ण रूपमा सफल हुन नसकेको नगर प्रमुख गजेन्द्र महर्जनले बताए। यस आर्थिक सहयोगले प्रभावित परिवारहरूलाई केही राहत मिल्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।