© २०२३
१३ असोज, काठमाडौं । काठमाडौं उपत्यका र अन्य क्षेत्रमा बाढीपहिरोको कारणले तरकारीको मूल्यमा ठूलो वृद्धि भएको छ। कालीमाटी बजारमा राजमार्ग अवरुद्ध हुँदा तरकारी आपूर्ति घटेको छ भने मौज्दात तरकारीमा क्षति पुग्दा बजारमा मूल्य अस्वाभाविक रूपले बढेको छ।
कालीमाटी तरकारी बजार समितिले जानकारी दिए अनुसार, सानो गोलभेँडा, इस्कुस, लौका लगायतका तरकारीको मूल्य दुई दिनमा दोब्बर भएको छ। प्याज, बन्दा, काउली जस्ता प्रमुख तरकारीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ। भारतीय गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ पुगेको छ भने इस्कुसको भाउ प्रतिकिलो ६० रुपैयाँ पुगेको छ।