© २०२३
काठमाडौं, २४ चैत्र । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा २० उम्मेदवारले शनिबार मनोनयन दर्ता गरेका छन् । मुख्य दलका उम्मेदवारका अलावा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
उम्मेदवार दर्ता गर्नेहरुमा नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एसका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, राप्रपा नेपालका गणेशबहादुर चौकान, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुना, नेमकिपाका श्यामबहादुर दर्जी र विभिन्न जातीय संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बू थेगिम छन् ।
केशवकुमार चापागाई, डाकप्रसाद गौतम, दिपेश बोहरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।