१३ असोज, काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३३.६३ रुपैयाँ र बिक्री दर १३४.२३ रुपैयाँ निर्धारण गरिएको छ। युरोपियन यूरोको खरिद दर १४९.१४ रुपैयाँ र बिक्री दर १४९.८१ रुपैयाँ छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७८.९४ रुपैयाँ र बिक्री दर १७९.७४ रुपैयाँ निर्धारण गरिएको छ।
अन्य मुद्रामा पनि परिवर्तन आएको छ। स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, र कतारी रियाललगायतका विनिमय दर पनि अद्यावधिक गरिएको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ भने वाणिज्य बैंकले फरक दर तोक्न सक्नेछ।