© २०२३
१३ असोज, काठमाडौं – बाढीपहिरो र डुबानका कारण हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना अझै बेपत्ता रहेका छन्। १०१ जना घाइते भएका छन्, र उद्धार कार्य जारी छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारीअनुसार, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु र पाँचथरमा ५/५ जनाको मृत्यु भएको छ। अन्य जिल्लामा पनि धेरै क्षति पुगेको छ।
सुरक्षा निकायले बाढीपहिरो प्रभावित क्षेत्रमा ९,९८३ जना सुरक्षाकर्मी परिचालन गरेको छ भने हालसम्म तीन हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ।