© २०२३
१२ असोज, काठमाडौं – निरन्तरको वर्षासँगै बागमती नदीमा बाढी उर्लिएपछि बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुगेको छ। चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगिरहेको छ भने मानिस पैदल हिँड्ने फलामे पुल भत्किएको छ, जसका खम्बा पनि ढलेका छन्।
बाढीका कारण नदी किनारका बाटाहरु पूर्ण रूपमा जलमग्न भएका छन्, र सडक किनारका घर तथा पसलहरूमा पानी पसेको छ। प्रहरी प्रशासनले खोला किनारमा यात्रा नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।