१२ असोज, काठमाडौं – काठमाडौंको बल्खु खोला किनारमा एकजनाको शव फेला परेको छ, जसको सनाखत हुन बाँकी छ। स्थानीय बासिन्दाले शव देखेर प्रहरीलाई खबर गरेका थिए, र अहिले प्रहरी घटनास्थलमा शवको पहिचानका लागि प्रक्रिया अघि बढाउँदै छ।
यसैबीच, शुक्रबार साँझ ढुंगेधाराबाट मोटरसाइकलसहित ढलमा खसेका एक युवकको मोटरसाइकल भेटिएको भए पनि उनी अझै बेपत्ता छन्, र खोजी कार्य जारी छ।
ललितपुर महानगरपालिका-१३ कुसुन्ती दिव्यनगरमा नख्खु खोलाको पानीको बहाव बढेपछि मोटर ग्यारेजमा फसेका ३० जना मजदुरलाई आज बिहान सशस्त्र प्रहरीले उद्धार गरेको छ।