१२ असोज, काठमाडौं – नागढुंगा–थानकोट सडकखण्डमा पहिरो गएको छ, जसले सडकको एक लेन पूर्ण रूपमा अवरुद्ध गरेको छ। लेदोमाटोसहित खसेको पहिरो हटाउने कार्य यो समाचार तयार हुँदासम्म सुरु भएको छैन।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले राजधानी काठमाडौंसहित देशभरको जनजीवनलाई प्रभावित बनाएको छ। काठमाडौंका विभिन्न नदी किनारका बस्तीहरू जलमग्न भएका छन्।