© २०२३
१२ असोज, काठमाडौं। काभ्रेको पनौती नगरपालिका–११, थुम्कीमा शनिबार बिहान पहिरो जाँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन्। स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो, भने २ अन्य व्यक्तिको मृत्यु भएको छ।
वडासदस्य गीता थापाका अनुसार, पहिरोले ३ घरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ। दुई घरका बासिन्दाहरू भागेर सुरक्षित ठाउँमा पुगे पनि भण्डारीको परिवार पहिरोमा परेर सम्पर्कविहीन भएको छ। हाल ठूलो वर्षा भइरहेकोले उद्धारमा कठिनाइ आएको थापाले बताइन्।
उद्धारका लागि विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ। स्थानीय गर्ध खोलामा पहिरो जाँदा खोलो थुनिएको छ, जसले गर्दा फाँट जलमग्न भएको र जोखिम बढेको छ।
यसैबीच, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।