© २०२३
१० असोज, पोखरा। सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहेका पूर्व डिआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जोशीलाई ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ गरी सोही दिन पोखरा ल्याइएको थियो। ७ गते अदालतमा उपस्थित गराइएपछि उनलाई ५ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको थियो। प्रहरीले अनुसन्धानका लागि अझै १० दिनको म्याद थप माग गरे पनि अदालतले ७ दिन थपको आदेश दिएको हो, कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
जोशीले प्रहरी बयानमा पोखरामा रहेको सूर्दर्शन सहकारीमा आफ्नो खाता र हस्ताक्षर नभएको तथा उक्त सहकारीबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। साथै, उनले गोर्खा मिडियामा आफू गलत व्यक्तिहरूको प्रभावमा परेको दाबी गरेका छन्।
उनीमाथि गोर्खा मिडियासँग जोडिएका विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम अपचलनमा संलग्न रहेको आरोप छ। संसदीय छानबिन समितिले पनि यस मामिलामा कारबाही गर्न सिफारिस गरेको थियो।