© २०२३
११ असोज, काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि दुई जनाको नाम सिफारिस गरेको छ। शुक्रबारको बैठकमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गरिएको हो।
यदि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा, सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनेछन्। ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला लगभग दुई महिनाका लागि प्रधानन्यायाधीशको रूपमा कार्य गर्नेछन्।
निरौला सर्वोच्च अदालतका तेस्रा मुख्य रजिष्ट्रार हुन् र उनी मुख्य रजिष्ट्रारबाटै उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए। सिफारिस भएका नित्यानन्द पाण्डेय भने अहिले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्। उनी गत मंसीरमा उक्त पदमा नियुक्त भएका थिए।