© २०२३
११ असोज, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक बस्ने भएको हो।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बैठकका लागि ६ वटा एजेन्डा तय गरिएको जानकारी गराएका छन्। बैठकमा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि, र विविध विषयमा छलफल हुनेछ।
यसका साथै, आज अपराह्न ४ बजे तय गरिएको पत्रकार सम्मेलनलाई दिउँसो २:३० बजेसम्मका लागि सारिएको समेत जानकारी दिइएको छ।