© २०२३
११ असोज, काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग बिहीबार प्रशिक्षण, भावी योजनाबारे र समस्याबारे छलफल गरेका छन्।
छलफलको क्रममा सदस्यसचिव घिसिङले प्रशिक्षकहरुलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्न सुझाव दिएका छन्। उनले प्रशिक्षकहरुले आवश्यकता अनुसार रिफ्रेसर कोर्ष समय-समयमा गराउन आवश्यकतामा पनि जोड दिएका छन्।
सदस्यसचिवले विगतको प्रशिक्षण शैलीले अपेक्षित उपलब्धी हासिल गर्न नसक्ने बताएका छन् र वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्। यसका लागि फिटनेस सेन्टर निर्माण र आवश्यक सामग्री खरिदको प्रक्रिया अगाडि बढिसकेको बताए।
घिसिङले मुख्य प्रशिक्षकको प्रगति विवरणका बारेमा जानकारी लिनका लागि कम्तीमा एक पटक महिना बैठक राख्ने योजना पनि राखेका छन्।
छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंह, र विभिन्न खेलका प्रशिक्षकहरु उपस्थित थिए। मुख्य प्रशिक्षकहरुले पनि आफ्ना खेलका अवस्थाबारे जानकारी दिंदै वर्तमान समस्याबारे अवगत गराएका थिए।