१० असोज, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा विद्यार्थी संगठनको नेतृत्व चयनमा आफ्नो कुनै रोजाइ नरहेको स्पष्ट पारेका छन्।
बिहीबार सुरु भएको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले संगठनको नेतृत्व सहमतिको माध्यमबाट चुन्ने, नभए निर्वाचन प्रक्रियामा जाने सुझाव दिएका छन्। उनले नेतृत्वका दाबेदारहरूसँग छलफल गरे पनि कुनै विशेष व्यक्तिलाई जिताउनुपर्ने कुरा नउठाएको बताए।
प्रचण्डले विद्यार्थीहरूलाई गुटबन्दी नगरी विवेक प्रयोग गरी नेतृत्व छनोट गर्न आग्रह गरे। उनले सम्मेलनबाट जसलाई नेता चयन गरिन्छ, उसलाई पार्टीले समर्थन गर्ने बताए। गुटबन्दीका कारण पार्टीले विगतमा धेरै समस्या भोगेको भन्दै, प्रचण्डले यसलाई गुटबन्दीबाट पर जान विद्यार्थीहरूको लागि एउटा अवसरको रूपमा हेर्न आग्रह गरे।