१० असोज, काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारी वर्षाको चेतावनी दिएको छ, जसले हिमाली र पहाडी जिल्लाहरूमा जोखिम बढाएको छ। मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले ११ र १२ गते रात्रिकालीन बस नचलाउने निर्णय गरेको हो।
प्राधिकरणले साथै, धान नकाट्न वा काटिसकेका धान तत्काल थन्क्याउन, र तराई मधेश क्षेत्रमा अन्नपात भुइँतलामा नराख्न पनि आग्रह गरेको छ।