© २०२३
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन परिषद्को बैठकमा अनुपस्थित रहेका ओलीलाई स्वास्थ्यमा समस्या भएको बुझिएको छ ।
उनलाई रुघाखोकीले सताएको बुझिएको छ । ओली दुईपटक मृगौला प्रत्यारोपण पश्चात् पनि फुर्तिला छन् । उनले आफूले अझै २० वर्ष एमालेको नेतृत्व गर्ने दाबी गर्दै आएका छन् ।