© २०२३
काठमाडौं, १० असोज – ठगी र जबर्जस्ती करणीको आरोपमा फरार रहेका तीन नेपाली नागरिकलाई दुबईमा पक्राउ गरिएको छ। इन्टरपोलको रेड नोटिस जारी भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा, काठमाडौं नागार्जुन नगरपालिका–९ का २८ वर्षीय कबिर बुढाथोकी, र मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की रहेका छन्। भुपेन्द्र बोहरा ठगीको आरोपमा फरार रहेका थिए भने कबिर र रोमन जबर्जस्ती करणीका अभियुक्त हुन्।
इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा भुपेन्द्र बोहराविरुद्ध रेड नोटिस जारी गरेको थियो। यस्तै, कबिर बुढाथोकीविरुद्ध २४ साउन २०७९ मा र रोमन कार्कीविरुद्ध १२ असार २०८१ मा रेड नोटिस जारी गरिएको थियो।
पक्राउ परेका भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को जिम्मामा दिइएको छ भने कबिर र रोमनलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंमा बुझाइएको छ।