१० असोज, काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको छ। अघिल्लो वर्षको साउनमा यो दर ७.५२ प्रतिशत थियो। यस वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि उच्च भए पनि गैरखाद्य समूहमा मूल्य कम बढ्दा समग्र मुद्रास्फीति नियन्त्रणमा आएको देखिन्छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत थियो, जबकि गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशतमा सीमित रहेको छ।
तरकारीको मूल्य सबैभन्दा बढी १९.०७ प्रतिशतले बढेको छ भने दाल तथा गेडागुडीको मूल्य १२.०९ प्रतिशतले वृद्धि भएको छ।
गैरखाद्य वस्तुमा विविध वस्तु तथा सेवाको मूल्यमा ७.९४ प्रतिशतको वृद्धिदर देखिएको छ।