© २०२३
१० असोज, काठमाडौं – आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता २ मंसिरमा हुने तय गरिएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार, उम्मेदवारी दर्ता प्रक्रिया २ मंसिरको बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ।
उम्मेदवारको विरोधमा उजुरी दिने म्याद ३ मंसिरसम्म रहेको छ, भने उजुरीका आधारमा जाँचबुझ गरी ४ मंसिरमा निर्णय गरिनेछ। ५ मंसिरमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशित गरिनेछ। मतदान १६ मंसिरमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।