९ असोज, काठमाडौं। पूर्वप्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भन्ने रवीन्द्र मिश्रको दाबीलाई प्रचण्डको सचिवालयले खण्डन गरेको छ।
मंगलबार खुमलटारमा भएको भेटमा मिश्रले प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए र यसबारे उनले सामाजिक सञ्जालमा पोस्ट पनि गरे।
तर, प्रचण्डको सचिवालयले मिश्रको कुरा निजी विचारको रूपमा लिएको र यसलाई प्रचण्डको विचार भनेर प्रस्तुत गर्नु राजनीतिक संस्कारको विरुद्ध भएको बताएको छ। सचिवालयले विज्ञप्तिमा भनेको छ, “मिश्रजीले आफ्नो राजनीतिक स्वार्थका लागि समय र सन्दर्भलाई कटाएर यसलाई प्रस्तुत गर्नु उचित छैन।”
सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाबाट भएको देशको अधोगति र जनताको बर्बादीका बारेमा जनतामा कुनै भ्रम नरहेको पनि उल्लेख गर्दै, यति सस्तो राजनीतिक प्रचारमा नलाग्न अनुरोध गरेको छ।