© २०२३
९ असोज, काठमाडौं। बनेपामा विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा नवलपरासीका हरि चौधरी, रामेछापको सुनापती गाउँपालिकाका सन्देश जैरु, र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले चक्कु देखाएर बनेपामा रहेका इटाली र जर्मनीका नागरिकमाथि लुटपाट गरेका थिए। लुटिएका सामानसहित उनीहरूलाई गए राति पक्राउ गरिएको हो। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।