९ असोज, काठमाडौं। मौसमविद्हरूले भारी वर्षाको पूर्वानुमान सार्वजनिक गरेपछि स्थानीय पालिकाहरूले किसानहरूलाई काटिसकेको धान तत्काल भित्र्याउन र यदि नकटेको छ भने चाँडै काट्न आग्रह गरेका छन्।
यस क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडामा माइकिङ गरिरहेको छ। नगर प्रहरीहरूले मौसम पूर्वानुमान महाशाखाद्वारा जारी गरिएको विशेष बुलेटिनमा उल्लेख भएको जानकारीका लागि माइकिङमा संलग्न भएका छन्।
दाङको गढवा गाउँपालिकाले पनि काटिसकेको धान भित्र्याउन र काट्न बाँकी भएको भए तत्काल नकट्न किसानहरूलाई अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते विशेष बुलेटिन जारी गर्दै असोज १२ गतेसम्म मनसुन सक्रिय हुने र भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मौसमविद्का अनुसार अरब सागर र बंगालको खाडीको जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेको छ, जसका कारण देशभर वर्षा हुने संभावना छ।