रवि लामिछानेको के होला ? मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै

प्रचण्डसँग बाबुराम आक्रोशित

९ बैशाख २०८१, आईतवार

काठमाडौं, ९ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग दूरी बढिरहेको छ । पछिल्लो समय बाबुराम प्रचण्डविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

त्यसो त २०७९ को चुनावमा बाबुरामले प्रचण्डलाई ठूलै गुन लगाएका छन् । गोरखाबाट भट्टराईले जित्दै आएको क्षेत्रमा प्रचण्डलाई छाडिदिए । उक्त चुनावी क्षेत्रबाट जितेर प्रचण्ड प्रधानमन्त्री भए ।

कुनैबेला माओवादी सशस्त्र गतिविधि गर्दा प्रचण्ड र बाबुराम सहकर्मी थिए । शक्ति संघर्षका क्रममा अलग भए । फेरि नजिकिए ।

प्रचण्डसँग बाबुरामको फेरि दूरी बढेको छ । यसको कारण हो बाबुरामको राष्ट्रपतिको दाबी प्रचण्डले पूरा नगर्नु । बाबुराम पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउने प्रयास पनि चलेको थियो । तर, प्रचण्ड तयार भएनन् । यसकारण पनि असन्तुष्टि बढ्यो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बाबुरामको असन्तुष्टि राष्ट्रपति नपाउनु र पत्नीलाई उपराष्ट्रपति बनाउन नसक्नु रहेको बताएका छन् ।

बाबुरामले पनि प्रचण्डको खुलेर आलोचना गरिरहेका छन् । यो सरकार असफल भइसकेको उनको भनाई छ ।

प्रचण्ड र बाबुराम एक अर्काप्रति यसरी नै असन्तुष्टि पोखिरहेका छन् ।