८ असोज, झापा (भद्रपुर) । झापाको विर्तामोडमा भएको मोटरसाइकल ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ।
विर्तामोड नगरपालिका-६ स्थित कुमारी चोकमा पूर्वपश्चिम राजमार्गमा प्र१-०१-०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि विर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी ६२ वर्षीय यामबहादुर लिम्बूको ज्यान गएको हो। घटनाको पुष्टि जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले गरेका छन्।
प्रहरीले जानकारी दिएअनुसार, राति ठक्कर लागेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड पुर्याइएको थियो, जहाँ आज बिहान उनको निधन भएको हो।
मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका-४ निवासी ३२ वर्षीय विकास लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।