मेष राशि भएकाहरूका लागि आजको दिन सामान्य देखिन्छ। पारिवारिक मिलन र स्वादिष्ट खानपिनको अवसर पाउन सकिन्छ। व्यवसायिक क्षेत्रमा सामान्य लाभ हुनेछ भने अध्ययनको क्षेत्रमा सफलता हात लाग्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आत्मविश्वास र पराक्रममा बृद्धि हुनेछ। रोकिएका कामहरू सम्पन्न हुने सम्भावना छ भने प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। पढाई र शेयर बजारमा लाभ उठाउन सकिने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएकाहरूका लागि आजको समय चुनौतीपूर्ण रहन सक्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ र अनावश्यक विवादमा पर्न सकिन्छ। खर्चको मात्रा बढ्नसक्ने हुँदा सतर्क रहनु आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि आयआर्जनमा बृद्धि हुनेछ। रोकिएको धन प्राप्त हुनेछ र नयाँ लगानीको अवसर सिर्जना हुन सक्छ। पारिवारिक वातावरणमा रमाइलो हुनेछ भने स्वास्थ्य अनुकूल रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि आजको दिन फलदायी रहनेछ। मानसिक तनाव कम हुनेछ भने आर्थिक रूपमा सबल बन्ने सम्भावना छ। पारिवारिक वातावरण सुखद रहनुका साथै पढाई र शेयर बजारमा पनि सफलता मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएकाहरूका लागि सामाजिक र धार्मिक कार्यमा सफलता मिल्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र आर्थिक क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूका लागि आजको दिन अनुकूल नहुन सक्छ। स्वास्थ्यमा कमजोरी आउने, खर्चको मात्रा बढ्ने र परिवारमा विवाद हुनसक्ने सम्भावना छ। विद्यार्थीहरूले पढाईमा बढी ध्यान दिनुपर्ने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि आजको दिन राम्रो रहन सक्छ। पति–पत्नीबीच सम्बन्ध सुधार हुनेछ र साझेदारीका कामहरूबाट लाभ लिन सकिनेछ। आम्दानीमा बृद्धि हुनेछ भने पढाई र शेयर बजारमा पनि सकारात्मक परिणाम प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि भएकाहरूका लागि आजको दिन उत्कृष्ट रहनेछ। स्वास्थ्य राम्रो हुनेछ र सानो प्रयासले ठूला काममा सफलता प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ र व्यवसायिक सफलता मिल्ने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि आजको समय रमाइलो रहनेछ। आकर्षण शक्ति बढ्नेछ र दाम्पत्य जीवन सुखद हुनेछ। पारिवारिक सहयोग पनि मिल्नेछ भने विद्या र बुद्धिमा वृद्धि हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि आजको समय प्रतिकूल रहन सक्छ। अनावश्यक विवादमा फस्न सकिन्छ र खर्चमा बृद्धि हुनसक्छ। मानसिक तनाब बढ्नसक्ने भएकाले सतर्क रहनु आवश्यक छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरूका लागि आजको समय उत्कृष्ट छ। प्रशासनिक कामहरू सफल हुनेछ र मानसम्मानमा बृद्धि हुनेछ। पारिवारिक सहयोग मिल्नेछ भने शेयर बजारबाट नाफा कमाउन सकिनेछ।