© २०२३
८ असोज , धनगढी – सोमबार साँझ कैलालीको गौरीगंगा नगरपालिका-९ मसुरियामा बसको ठक्करबाट ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको छ।
सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले बाटो काट्दै गरेका बमलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका बमलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्याइएको थियो, जहाँ उनको राति निधन भयो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराले बसको ठक्करले बमको मृत्यु भएको पुष्टि गरेका छन्। घटना पछि बस र चालक नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।