युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०३ पैसा र बिक्री दर १५७ रुपैयाँ ७४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा रहेको छ। यस्तै, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ३० पैसा र बिक्री दर १०३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
अन्य मुद्राहरूको विनिमय दरमा जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३० पैसा र बिक्री दर नौ रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।
यसका साथै, साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार लगायत अन्य मुद्राहरूको खरिद र बिक्री दर पनि निर्धारण गरिएको छ।
राष्ट्र बैंकले उल्लेख गरेको जानकारी अनुसार, आवश्यकताअनुसार यो विनिमय दरलाई जुनसुकै समयमा पनि संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक जानकारी राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।