८ असोज, काठमाडौं । पाल्पामा तिनाउ खोलामा पौडी खेल्ने क्रममा एक भारतीय पर्यटकको ज्यान गएको छ। तिनाउ गाउँपालिका-३ स्थित पावरहाउस नजिक तिनाउ खोलामा सोमबार साँझ पौने ६ बजे पौडी खेल्दा उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावतको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार नेपाल भ्रमणमा आएका विशालकुमार पौडी खेल्ने क्रममा डुबेपछि खोजी कार्य सुरु गरिएको थियो। खोजीपश्चात् रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलको क्षेत्रमा उनको शव फेला परेको छ।