© २०२३
७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्दा गम्भीर विचार नगरिए देश सम्हाल्न कठिन हुन सक्ने चेतावनी दिएका छन्। सोमबार संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधान संशोधनलाई संवेदनशील र जटिल विषय भएको बताए।
प्रचण्डले संविधान लामो संघर्ष र बलिदानको परिणामस्वरूप बनेको भन्दै यसमा अविवेकी रूपमा हस्तक्षेप गर्दा देशमा अराजकता बढ्न सक्ने खतरा औंल्याए। साथै, उनले संशोधनमार्फत महिला, आदिवासी, जनजाति, दलितलगायत समुदायको अधिकार खोस्न खोजेमा ठूलो राजनीतिक द्वन्द्व निम्तिन सक्ने चेतावनी पनि दिए।
उनका अनुसार, संविधान संशोधनको मुद्दालाई केही राजनीतिक दलले सरकार परिवर्तनका लागि मात्र उपयोग गरेको आरोप लगाउँदै यसले नागरिकलाई झुक्याएको पनि बताए।