© २०२३
७ असोज, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः नियमित उडान सुरु गर्ने तयारी गरेको छ। एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि पत्र पठाएको हो।
जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत रुटमा नियमित उडान गर्न लागेको जानकारी दिएको छ। प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालनको समयमा उडान तालिका अनुरूप उडान राख्न आग्रह गरेको थियो। सोही अनुसार एयरवेजले बिहान ६:२५ मा नेपालमा अवतरण गर्ने र ७:३० मा पुनः उडान गर्ने सेड्युलका लागि अनुमति मागेको छ।