© २०२३
७ असोज, काठमाडौं । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको निधन भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ निवासी बालिका आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन्।
बालिका आइतबार दिउँसो पोखरीमा डुबेको र आइतबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।