७ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
जोशीलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो, जहाँ म्याद थपका लागि अदालतमा पेश गरिएको हो।
उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन्। सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो।
सहकारी रकम छानबिन संसदीय विशेष समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई प्रमुख पात्रका रूपमा किटान गरेको छ।
विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा उनको प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ। समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन्।