७ असोज, काठमाडौं। माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ।
काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। मालेस्थित सोसियल युथ सेन्टरमा भएको खेलमा पुलिसले २५-१६, २५-२२, र २५-२३ को सेटमा जीत हासिल गर्यो।
छह टोलीको सहभागिता रहेको प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जितेको छ। लिग चरणमा ६ खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल पनि जितेको हो। हुमोसहित श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गर्दै लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो।
विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, र खादासहित स्वागत गरे। खेलाडीहरुलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा राखेर गन्तव्यतर्फ पुर्याइएको थियो।