७ असोज, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पार्टी संगठनको संरचना र नेताहरूको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय गरेको छ।
पार्टीका विभाग आयोग र जनवर्गीय संगठनका इन्चार्जहरूमा फेरबदल गर्न तयारी गरिएको छ। हालै सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले सबै कमिटीहरूलाई विघटन गरेको थियो, जसमा पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ।
पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा गठन गरिएको कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गर्ने बताइएको छ। कार्यविभाजनपछि संगठन सुदृढीकरणका कार्यक्रम र प्रशिक्षणका गतिविधिहरू संचालन हुने जानकारी दिइएको छ।