७ असोज, विराटनगर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको विरोधमा उनका समर्थकहरूले झापामा तीनवटा भारतीय नम्बर प्लेटका ट्रक जलाएका छन्।
आइतबार प्रहरीले बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गरेपछि उनका समर्थकहरूले विभिन्न स्थानमा सवारीसाधन जलाएका हुन्।
कोशी प्रदेश प्रहरीका प्रवक्ता भीमबहादुर दाहालले छुट्टा-छुट्टै ठाउँमा भएको आगजनीमा संलग्नको खोजी भइरहेको जानकारी दिए। आगजनीको घटना आइतबार राति पूर्व-पश्चिम राजमार्गको कन्काइ नगरपालिका र बिर्तामोडमा भएका थिए, जसमा तीन ट्रकमा क्षति पुगेको छ।