© २०२३
न्युयोर्क, ६ असोज: संयुक्त राष्ट्रसंघको ७९औं महासभा अन्तर्गत आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षता गरेका छन्। राष्ट्रसंघको मुख्यालयमा आयोजित यस सत्रमा दिगो विकासका लक्ष्य (SDGs) को कार्यान्वयन अवस्था, चुनौतीहरू, र भावी योजना बारे छलफल गरिएको थियो।
महासचिव एन्टोनियो गुटेरेसले समिटलाई सम्बोधन गरेका बेला प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले आजै महासभामा सम्बोधन गर्ने र विभिन्न देशका नेताहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ।