© २०२३
नेपालका चेस खेलाडी विवेक थिङले हालै हंगेरीमा भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा सम्मानजनक दोस्रो स्थान प्राप्त गरेका छन्। उनले आफ्नो अन्तिम खेलमा हंगेरिकी खेलाडी टोरोक तामोसलाई हराउँदै नौ खेलको प्रतियोगितामा ८ अंक संकलन गरेका छन्।
यस सफलतासँगै विवेकले ३ सय युरोको पुरस्कार पनि जित्न सफल भएका छन्। यस प्रतिस्पर्धामा अमेरिका, जर्मनी, डेनमार्क, हंगेरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटाली, र नेपालका २८ अन्तर्राष्ट्रिय चेस खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
“नेपाल बुद्धिचाल महासंघको सहयोगले मलाई हंगेरीमा सहभागिता दिन मौका मिल्यो। राष्ट्रको लागि प्रतिस्पर्धा गर्दै दोस्रो स्थान पाउनु गर्वको कुरा हो। यदि सरकारले खेलमा केही लगानी गरे, भने हामीले अझ उत्कृष्ट परिणाम पाउन सक्छौं,” विवेकले पदक जितेपछि बताएका छन्।
विवेकले खेलको तेस्रो चरणमा पराजित भएका हंगेरियन आईएम मेस्जारोस् आन्द्रासले पनि ८ अंक बटुल्दै प्रतियोगिता जित्न सफल भएका छन्।