© २०२३
बिपी राजमार्गमा शनिबार बेलुका गरिएको नियमित सवारी जाँचको क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ। सिराहबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याइएको सामग्री फेला परेको हो।
प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, “जोकर” लेखिएको प्याकेटमा ८० का दरले चार सय प्याकेट र “हाइस्पेड स्पिनर चक्र” लेखिएको प्याकेटमा दुई सय ४० बण्डलका दरले एक हजार २०० प्याकेट बरामद गरिएको छ। साथै, १५ पिसका दरमा ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा पनि बरामद भएको छ।
खुर्सानी लेखिएका १४ बोरामा दुई लाख ८६ हजार आठ सय पिस पटाका बरामद गरिएको जानकारी प्राप्त भएको छ। यसरी लुकाइछिपाई ल्याइएको ट्रक नियन्त्रणमा लिइएको छ, तर ट्रक चालक फरार रहेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।