© २०२३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी सोमबार महत्वपूर्ण भेटवार्ता हुने पक्का भएको छ। यस वार्तामा दुवै देशका रणनीतिक र आर्थिक मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। भेट करिब आधा घण्टासम्म चल्ने बताइएको छ।
प्रधानमन्त्री ओलीले आफ्नो हालको कार्यकालमा मोदीसँग पहिलोपटक प्रत्यक्ष भेट गर्न लागेका हुन्। यो भेटघाट दुईपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण हुने विश्लेषण गरिएको छ।
यसअघि, प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग पनि भेट गरेका थिए। उनीहरूको भेट शनिबार साँझ संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको थियो, जहाँ विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल भयो।
अमेरिकाको यो भ्रमणका क्रममा ओलीले मोदीबाहेक दक्षिण एशियाका अन्य नेताहरूसँग पनि छलफल गर्नेछन्। बंगलादेश र पाकिस्तानका नेताहरूसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ, जसले क्षेत्रीय सहयोग र समन्वयलाई थप बलियो बनाउने विश्वास गरिएको छ।