रवि लामिछानेको के होला ? मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै

मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ?

७ बैशाख २०८१, शुक्रबार

एजेन्सी, ७ वैशाख । भारतमा शुक्रबारबाट लोकसभा चुनाव सुरु भएको छ । सात चरणमा हुनेछ चुनाव र त्यसपछि मात्र परिणाम आउनेछ । एक महिनासम्म भारत चुनावमा होमिनेछ ।

नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने चर्चाबीच चुनाव चलेको छ । विश्वको प्रत्येक आठजनामध्ये एकजनाले मतदान गर्ने चुनाव भएकाले पनि भारतको चुनावको विश्वभर चर्चा छ । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतलाई सबैभन्दा ठूलो लोकतन्त्र पनि मानिन्छ ।

चुनावका क्रममा पश्चिम बँगालमा केही हिंसात्मक घटना भएका छन् । बाँकी स्थानमा शान्तिपूर्ण रुपमा चुनाव चलेको छ ।

सन् २०१४ यता भारतको प्रधानमन्त्री बनेका मोदीको लोकप्रीयता झन् बढेको विषय आइरहेको छ । सत्तारुढ भारतीय जनता पार्टी र उसका गठबन्धनका घटक दलले ४ सय सिट कटाउने लक्ष्य राखेका छन् ।

मोदीले यो चुनावपछि तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर जवाहरलाल नेहरुको रेकर्ड बराबरी गर्ने अनुमानहरु गरिएको छ ।

मोदीको दश वर्षे प्रधानमन्त्री कार्यकालमा भारत विश्वको दशौंबाट पाचौं धनी देश बनेको छ । गरिबको संख्या ह्वात्तै घटेको छ । भौतिक विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो फड्को मारेको छ ।

भारत सैन्य दृष्टिले पनि शक्तिशाली बन्दै गएको छ । भारतले चन्द्रयानको सफल अवतरण गरिसकेको छ । भारतलाई विश्वकै महत्वपूर्ण देशको रुपमा लिन थालिएको छ ।