© २०२३
५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्ले नेतृत्वमा १४ सदस्यीय टोली १० दिने भ्रमणका लागि चीनतर्फ प्रस्थान गर्दैछ। पार्टीका कार्यबाहक प्रवक्ता गणेश कार्कीले शनिबार राति टोलीले चीनको लागि उडान भर्ने जानकारी दिएका छन्।
यो टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसद मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्य बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ समावेश छन्।
साथै, यो भ्रमणमा टोलीले चीनको सिचुवान विश्वविद्यालयको भ्रमण गर्दै सांस्कृतिक अध्ययन र इनोभेसन सेन्टरहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। यो भ्रमणमार्फत टोलीले चीनको विकास र प्रगतिसँग सम्बन्धित अनुभव र ज्ञान प्राप्त गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
टोली १४ असोजमा नेपाल फर्कने योजना बनाएको छ।