© २०२३
५ असोज, काठमाडौं। एसियाली देशका सुरक्षण संस्था (एसिक)को ३६औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको यो सम्मेलन शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा उद्घाटन गरियो।
उद्घाटनमा मन्त्री पौडेलले नवप्रवर्तन र स्टार्टअप कर्जा प्रवद्र्धनमा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका महत्वपूर्ण भएको बताउँदै आर्थिक विकास र विस्तारका लागि कर्जा प्रवाहको आवश्यकता औंल्याए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा योजनाको महत्व र कोषको क्षमतामा भएको वृद्धिलाई उल्लेख गरे।
सम्मेलनमा २० एसियाली मुलुकका करिब १४० जना प्रतिनिधिहरू सहभागी हुँदै छन्, जसमा नवप्रवर्तन र आर्थिक वृद्धिलाई अगाडि बढाउन छलफल हुनेछ। यो सम्मेलन सोमबारसम्म चल्ने छ।