© २०२३
५ असोज, काठमाडौं। चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने अभियानलाई तीव्रता दिँदै हालसम्म आठ वटा वडालाई बालश्रममुक्त घोषित गरिसकेको छ। नगरपालिकाले चालू आर्थिक वर्षभित्र सबै वडालाई बालश्रममुक्त बनाउने लक्ष्य लिएको छ।
हालसम्म वडानं ३ थानकोट, ५ किसिपिडि, ६ महादेवस्थान, ७ चेकपोष्ट, ८ मातातीर्थ, ११ सतुंगल, र १४ नयाँ नैकापलाई बालश्रममुक्त घोषणा गरिएको छ। शनिबार चन्द्रागिरि–१० सतुंगललाई बालश्रममुक्त घोषित गर्दै यस अभियानलाई अघि बढाइएको हो।
नगरपालिकाले बालश्रम निवारणका लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गर्दै बालश्रम मुक्त नगर निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरीले बालश्रम निवारणलाई उच्च प्राथमिकता दिएर काम भइरहेको बताएका छन्।
यस क्रममा, बालश्रम मुक्त घोषणाअघि बाजागाजासहित र्याली निकालिएको थियो।