© २०२३
काठमाडौं, असोज ५ – काठमाडौंका विभिन्न स्थानहरूमा आज विद्युत् सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार फिडर, बूढानीलकण्ठ वितरण केन्द्रको शिवपुरी फिडर, गणेस्थान फिडर, र तारेभीर फिडरमार्फत वितरित स्थानहरूमा केही समयका लागि विद्युत् सेवा रोकिनेछ।
सिंहदरबार फिडरअन्तर्गत सिंहदरबार परिसरका सम्पूर्ण मन्त्रालयहरू, दक्षिण गेटबाहिरको जिल्ला समन्वय समिति क्षेत्रमा मध्याह्न १२ बजे देखि ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। यस क्षेत्रका कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले फिडर सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
त्यस्तै, बूढानीलकण्ठ वितरण केन्द्रअन्तर्गत डाडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार, भंगाल, हात्तीगौडा, धापासी हाइट, र अन्य विभिन्न स्थानहरूमा बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ। आउटगोइङ केबल हेड मर्मत गर्नुपर्ने भएकाले यी स्थानमा पनि फिडर सटडाउन गरिने प्राधिकरणले जनाएको छ।