© २०२३
जनकपुरधाम, असोज ५ – मधेश प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन शुक्रबार राति १२ बजेदेखि औपचारिक रूपमा सम्पन्न भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उक्त अधिवेशन अन्त्यको घोषणा गरेकी हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार प्रदेश प्रमुख भण्डारीले अधिवेशन अन्त्यको निर्णय लिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन्।